global ime bank Long Banner Ad

गृहपृष्ठ गत वर्ष भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम

गत वर्ष भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम

गत वर्ष भीषण पहिरो गएको झ्याप्ले खोला क्षेत्रमा पुनर्निर्माण धमाधम

काठमाडौं । गत असोज १२ मा नागढुंगा–नौबिसे सडक खण्डको झ्याप्ले खोलामा लेदोसहितको भिषण पहिरो गएको स्थानमा अहिले पुनर्निर्माण कार्य तिब्र गतिमा भइरहेको छ ।

चीनियाँ कम्पनी जियाङसु र नेपाली साझेदार कम्पनी सगुन कन्स्ट्रक्सनले उक्त स्थानमा अहिले पुनर्निर्माणसँगै पहिरो रोकथामको काम समेत गरिरहेको हो । कम्पनीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले सो सड्क खण्डको पहिलो खण्डमा करीब ८० प्रतिशत सड्क कालोपत्रे भइसकेको बताए ।
उनका अनुसार पहिरो गएको स्थानमा फेरी पहिरो जाने खतरालाई कम गर्न काम भइरहेको छ । गत वर्षको पहिरोका कारण यातायातका साधन समेत पुरिएका कारण ३५ जनाभन्दा धेरैले ज्यान गुमाएका थिए ।

बाटोभदा करीब २÷३ सय मिटरभन्दा माथिल्लो भागमा भएको खाली जमिनमा प्लटिङ व्यवसायीहरुले जग्गा प्लटिङ गरेका थिए । प्लटिङ गर्ने टोलीले प्लटिङ गरेर माटो फालेका थिए । पानी परेपछि सोहि माटो बगेर आयो र त्यसले पहिरो सिर्जना गरेको घिमिरेले बताए ।

’सोही माटो लेदोसहितको पहिरोमा परिणत भएर आएपछि जाने ठाउँ कहिँ नहुँदा थुनिएर त्यहाँ भएको सानो कल्र्भटमा भरियो । पानीले पनि जाने निकास नपाएपछि सबै लेदो त्यही स्थान भएर बगेकोले ठुलो पहिरोको रुप लिएको हो,‘ उनले भने । यसअघि २०५० सालमा पनि सोही ठाउँमा पहिरो गएको थियो ।

प्रकाशित समय : १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु