global ime bank Long Banner Ad

गृहपृष्ठ साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी

काठमाडौं । बेलायतको साउथेन्ड–अन–सीमा विमान दुर्घटना भएको छ । आइतबार साउथेन्ड–अन–सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।

विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा हालसम्म मानवीय हताहत भएको पुष्टि भएको छैन । विमानस्थल प्रशासनले अर्को सूचना नभएसम्म उडानहरू स्थगित रहने बताएको छ ।

डच उड्डयन कम्पनी ज्यूस एभिएसनले दुर्घटनाग्रस्त उडान एसयूजेडवान आफ्नो भएको पुष्टि गरेको छ ।

प्रकाशित समय : ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु