गृहपृष्ठ करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु
अछामको साँफेबगर नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
साँफेबगर नगरपालिका-१४, पातलकोट निवासी ४१ वर्षीय बिर बहादुर साउदको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, करेन्ट लागेर गम्भीर घाइते भएका साउदलाई उपचारका लागि तत्काल बयलपाटास्थित न्याय हेल्थ अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित समय : १७:५१ बजे




















