global ime bank Long Banner Ad

गृहपृष्ठ रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम

रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम

रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम

रामेछाप । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित रामेछापको मन्थलीमा भलिबल प्रशिक्षकहरूको लागि एक हप्ते आधारभूत तालिम सुरु भएको छ । असार ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने तालिममा रामेछाप, सिन्धुली र दोलखा जिल्लाका स्थानीय तहमा कार्यरत भलिबल प्रशिक्षकहरूको सहभागिता रहेको छ ।

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित तालिममा जम्मा ३३ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।

बुधवार मन्थलीमा सम्पन्न उद्घाटन समारोह मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्य तथा जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति, विभिन्न खेल संघ–संगठनका प्रतिनिधि, मन्थली नगरपालिका तथा स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा सहभागीहरूले खेलकुदको माध्यमबाट युवाको सृजनशीलता विकास र सामाजिक एकता सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले प्रशिक्षकहरूलाई आधुनिक प्रविधि र व्यावसायिक ज्ञानमा सशक्त बनाएर खेलकुद क्षेत्रको दीर्घकालीन विकास सम्भव हुने धारणा व्यक्त गरे । उनीहरूले दक्ष जनशक्ति नै खेलकुदको आधार भएको उल्लेख गर्दै यस्ता तालिमहरूलाई नियमित रूपमा आयोजना गर्नुपर्ने बताए ।

तालिममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रमुख भलिबल प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण दिइरहेका छन् । उनले आधुनिक प्रशिक्षण प्रविधि, व्यायामका वैज्ञानिक विधि, खेलकुदको नियम तथा संरचना विषयमा सहभागी प्रशिक्षकहरूलाई व्यावहारिक अभ्यासमार्फत सशक्त बनाउन प्रयासरत रहेको बताए ।

प्रकाशित समय : ०८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु