global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा

दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा

दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको चिहान खोलामा गएराति आएको पहिरोले गाई–बाच्छा पुर्नुको साथै बस्ती जोखिममा परेको छ ।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय चेली बसेलको गोठ पुर्दा गोठभित्र रहेका एक गाई र एक बाछो मरेका छन् ।

पहिरोका बारण स्थानीय झगरसिं बसेलको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त संरचनाबाट परिवारलाई सकुशल निकालिएको भएपनि सम्पत्ति तथा आश्रय गुमाएका परिवार अहिले बिचल्लीमा परेको छ ।

१२ घरको बस्ती रहेको चिहानखोलामा पहिरोका कारण अन्य पाँच घर उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ । पहिरोको जोखिम कायमै रहेकाले ती घरका परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।

घटनापछि गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थपा, स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

भौगोलिक रूपमा भिरालो र कमजोर भू–सन्तुलन भएका कारण बर्सेनि पहिरोको जोखिम झेल्दै आएको सो क्षेत्रको लेखर्क बस्तीमा गएको वर्ष भदौ महिनामा पहिरो जाँदा १० जनाको ज्यान गएको थियो । यस वर्ष पनि पहिरो चल्न सुरु भएपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित समय : १२:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु