गृहपृष्ठ कल्भर्टले विस्थापित ग-यो झोलुङ्गे पुल
कल्भर्टले विस्थापित ग-यो झोलुङ्गे पुल
Ifltu|:t emf]n'ª] k'naf6 ofqf ub}{ :yfgLo
uf]/vf, @) c;f]h M 7]pjf6f/sf] emf]n'ª] k'n af9LNf] aufPkl5 uf]/vfsf] ;lxb nvg ufpFkflnsf$ / lrtjgsf] OR5fsfdgf ufpFkflnsf$, s'l/g6f/ hf]8g] csf]{ Ifltu|:t emf]n'ª] k'naf6 hf]lvdk"0f{ ofqf ub}{ :yfgLo . tl:j/ M bLks >]i7÷/f;;
यहाँको गलकोट नगरपालिकामा झोलुङ्गे पुलको विकल्पमा कल्भर्ट निर्माण गरिएको छ । नगरपालिकाका विभिन्न स्थानमा साना सवारीसाधन र पैदलयात्रीलाई सहजताका लागि कल्भर्ट निर्माण गरिएको हो ।
गलकोट–२ नरेठाँटीस्थित मूलाखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि कल्भर्ट निर्माण गरिएको छ । विसं २०७२ को बाढीले झोलुङ्गे पुल बगाएपछि त्यस ठाउँमा मोटरबाटो निर्माणसँगै कल्भर्ट बनाइएको हो । नरेठाँटीमा योसँगै चार स्थानमा झोलुङ्गे पुलको सट्टा कल्भर्ट बनाइएको हो ।
नरेठाँटी बजारबाट माथिल्लो बस्ती साविक नरेठाँटी गाविस–१, २ र ३ तर्फ जाने नागरिकलाई लक्षित गरेर २० लाखमा कल्भर्ट निर्माण गरिएको हो । कल्भर्ट निर्माणले नरेठाँटीको माथिल्लो बस्ती छाप, राम्चे, तोरीखोलालगायत स्थानका नागरिकलाई सहज भएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकरी दिए ।
गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ६।५ मिटरको लम्बाइको कल्भर्ट प्रकृतिको पुल निर्माण गरिएपछि यो समस्या हटेको हो । रु २० लाख लागतमा उक्त कल्भर्ट स्थानीयले उपभोक्ता समितिमार्फत निर्माण गरेका हुन् ।
उपभोक्ता समितिका अध्यक्ष श्रीकृष्ण भण्डारीका अनुसार लोकमार्गको वैकल्पिक सडकमा कल्भर्ट बनाएर झोलुङ्गे पुल विस्थापित गरिएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध भएमा नरेठाँटी–फापरखेती छाप ग्रामीण सडक विकल्प हुने र कल्भर्टले बाह्रैमास सवारीसाधन चल्ने छ । पूर्वाधार विकास कार्यालयका इञ्जिनियर चन्द्र पुनका अनुसार छोटो पुलले ठूलो राहत दिएको छ ।
साविक नरेठाँटी गाविस धेरै खोल्साखाल्सी र खोला भएको क्षेत्र हो । बर्खायाममा खोलामा बाढी आउने जोखिम हुने भएकाले यहाँका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण गरिएका थिए । अब मोटरबाटोको स्तरोन्नतिसँगै कल्भर्ट निर्माण गरिएपछि झोलुङ्गे पुल विस्थापित भइरहेका इञ्जिनियर पुनको भनाइ छ । नरेठाँटीमा चारवटा कल्भर्ट प्रकृतिका पक्की पुल निर्माण भएकाले झोलुङ्गे पुल उपयोगविहीन भएको प्रयोगविहीन झोलुङ्गे पुललाई अर्कै स्थानमा स्थानान्तरण गर्ने नगरपालिकाको योजना छ ।
प्रकाशित समय : ०५:२१ बजे



















