गृहपृष्ठ चार अन्तरिक्ष यात्रीको आइएसएस जाने एक्सियम–४ मिसन पुनः स्थगित
चार अन्तरिक्ष यात्रीको आइएसएस जाने एक्सियम–४ मिसन पुनः स्थगित
भारतीय अन्तरिक्ष यात्री शुभाशु शुक्लाको एक्सियम–४ मिसन पुनः स्थगित गरिएको छ। ‘स्थिर आगो’ परीक्षण पछि बूस्टरको निरीक्षणको क्रममा तरल अक्सिजन चुहावट पत्ता लागेपछि मिसन स्थगित गरिएको हो।
इसरोले चुहावट समाधान भएपछि मिसनलाई फेरि अनुमोदन गरिने बताएको छ। स्पेसएक्सले चुहावट समाधान गरेपछि नयाँ प्रक्षेपण मिति घोषणा गर्ने बताएको छ।
यस मिसन अन्तर्गत भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लालाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात् आइएसएसमा पठाउने तयारी छ।
यसअघि शुभांशु शुक्ला जुन ८ मा अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्ने कार्यक्रम थियो। तर खराब मौसमका कारण यसलाई जुन ११ मा सारिएको थियो।
प्रकाशित समय : १९:२३ बजे


















