global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

जेठ २९ गते काठमाडौंमा ओडू ईआरपीको बिजनेस शो आयोजना गर्ने भएको छ । स्मार्टन टेक्नोलोजीजले बिहीबार काठमाडौंको होटल याक एण्ड यतिमा ‘ओडू बिजनेस शो’ गर्न लागेको हो ।

दिउँसो साढे १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने शोमा ईआरपी सफ्टवेयर ओडुको बारेमा जानकारी र अनुभव लिन पाइने छ ।

यस बाहेक कार्यक्रममा प्यानल संवाद र परामर्श समेत प्रदान गरिने छ । यस कार्यक्रममा निःशुल्क सहभागी हुन सकिने छ ।

हाजिरी, अकाउन्टिङ, सीआरएम, वेबसाइट, प्रोजेक्ट व्यवस्थापन, इन्भेन्ट्री, सिग्नेचर, पोइन्ट अफ सेल्स, मार्केटिङ, रेन्टल, प्लानिङ, एचआर, हेल्पडेस्क, छलफल जस्ता काम एउटै सफ्टवेयर अर्थात ओडूबाट गर्न सकिन्छ ।

 

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु