गृहपृष्ठ बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै
बिहीबार काठमाडौंमा ‘ओडू बिजनेस शो’ हुँदै

जेठ २९ गते काठमाडौंमा ओडू ईआरपीको बिजनेस शो आयोजना गर्ने भएको छ । स्मार्टन टेक्नोलोजीजले बिहीबार काठमाडौंको होटल याक एण्ड यतिमा ‘ओडू बिजनेस शो’ गर्न लागेको हो ।
दिउँसो साढे १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने शोमा ईआरपी सफ्टवेयर ओडुको बारेमा जानकारी र अनुभव लिन पाइने छ ।
यस बाहेक कार्यक्रममा प्यानल संवाद र परामर्श समेत प्रदान गरिने छ । यस कार्यक्रममा निःशुल्क सहभागी हुन सकिने छ ।
हाजिरी, अकाउन्टिङ, सीआरएम, वेबसाइट, प्रोजेक्ट व्यवस्थापन, इन्भेन्ट्री, सिग्नेचर, पोइन्ट अफ सेल्स, मार्केटिङ, रेन्टल, प्लानिङ, एचआर, हेल्पडेस्क, छलफल जस्ता काम एउटै सफ्टवेयर अर्थात ओडूबाट गर्न सकिन्छ ।
प्रकाशित समय : १०:१० बजे