global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु

नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु

नेपालविरुद्ध नेदरल्याण्ड्सको ब्याटिङ सुरु

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेदरल्याण्ड्सले नेपालविरुद्ध जवाफी ब्याटिङ थालेको छ ।

स्कटल्याण्डको डण्डीमा टस हारेर ब्याटिङमा गएको नेपालले दिएको २३७ रन चुनौती भेट्न नेदरल्याण्ड्सले ब्याटिङ थालेको हो । नेपालका ब्याट्सम्यान बसीर अहमदले पिचमा दौडेर नियम तोडेपछि पाएको १० रन पेनाल्टीबाट नेदरल्याण्ड्सले रन जोड्न सुरु गरेको हो ।

३.२ ओभरको खेल सकिँदा नेदरल्याण्ड्सले एक विकेटको क्षतिमा २४ रन जोडेको छ । नन्दन यादवको बलमा ललित राजवंशीले नेदरल्याण्ड्सका म्याक्स ओ’डोडलाई चार रनमा क्याचआउट गराएका हुन्‌ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध मध्यम स्कोर बनाएको हो। आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३६ रन जोडेको हो ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु