global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ : नेता रिजाल

देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ : नेता रिजाल

देशमा अवसरहरुको सिर्जना गर्नुपर्छ : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले देशमा अवसरहरुको सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।

आर्थिक वर्ष २०८/८३ को बजेट र कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा रोजगारीको समस्या भएकाले कार्यान्वयनको क्षमता विकास गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले अवसरहरु सिर्जना गर्दै जानुपर्नेछ । अहिले देशमा रोजगारीको समस्या छ । कार्यान्वयनको क्षमता विकास गर्न सक्यौं भने अगाडि जान सक्छौं । कार्यान्वयनको क्षमता विकास गर्ने कुरा सजिलो चाँही होइन । दुनियाँका प्राय सबै देशमा हरेक आयोजनाहरुमा भनेको जस्तो धेरै खर्च हुन्छ । भनेको भन्दा धेरै समय लाग्छ । भनेको भन्दा त्यसबाट कम फाइदा हुन्छ ।’

यसैगरी पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले रेभिन्यू ग्रोथ बढेर जानुपर्नेमा घट्दै गएको बताए । उनले राजश्व बढ्न नसकेका बेला आन्तरिक ऋण बढि लोड हुँदै गइरहेको बताए ।

उनले भने,‘तीनवटा रिसोर्स लगातार घटिरहेको छ आम्दानीको स्रोतमा । जसमा हाम्रो रेभिन्यु, जसरी ग्रोथ बढेर जानुपर्दथ्यो तर बढ्न सकेको छैन । राजश्व बढ्न सकेको छैन । अनुदान रकम पनि बढेको छैन । तेस्रो भनेको वैदेशिक ऋण हो । वैदेशिक ऋण पनि कम भएर आएको छ भने आन्तरिक ऋण बढि लोड हुँदैछ ।’

प्रकाशित समय : १६:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु