global ime bank Long Banner Ad

गृहपृष्ठ वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

वार्षिक उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशत

गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २।७७ प्रतिशत देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा वर्तमान आर्थिक तथा वित्तीय स्थिति अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मुद्रास्फीति घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ४.४० प्रतिशत थियो ।

राष्ट्र बैङ्कका अनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३।४५ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर मदिराजन्य पेय पदार्थको ४।७० प्रतिशतले वृद्धि भएको छ । तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८।११, मरमसलाको २।२० र माछा तथा मासुको ०।४८ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२३ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ प्रतिशत र रेष्टुरेण्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको छ ।

प्रतिवेदनअनुसार गत वैशाख महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३।२१ र शहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २।६१ प्रतिशतले बढेको छ ।

 

प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सबैभन्दा बढी ४।२९ प्रतिशत देखिएको छ । मधेश प्रदेशको २।८१, बागमतीको २।४०, गण्डकीको २।२३, लुम्बिनीको २।१५, कर्णालीको २।२१ र सुदूरपश्चिमको ३।१४ प्रतिशत रहेको छ ।

 

त्यसैगरी काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २।६४, तराईको २।६४, पहाडको २।६५ र हिमालको ४।०१ प्रतिशत रहेको छ ।

प्रकाशित समय : १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु