गृहपृष्ठ नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ
नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिडदैँ
नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली क्रिकेट टोली विश्वकप लिग टुको चौथो राउण्डको पहिलो खेलमा सोमवार स्कटल्याण्ड विरुद्ध मैदान उत्रन लागेको हो ।
जसअनुसार नेपाली टोली ७ महिना पछि ओडिआई क्रिकेटमा फर्कन लागेको हो । नेपालले २ सय १० दिन अगाडी अमेरिकामा स्कटल्याण्डसँग नै पछिल्लो ओडिआई खेलेको थियो ।
नेपाल र स्कटल्याण्डबीचको त्यो खेल वर्षाका कारण रद्द भएको थियो । सोमवार नेपाली टोलीको ७४औं ओडिआई खेल हो ।
नेपाल र स्कटल्याण्डबीच हालसम्म ८ खेल भएका छन। जसमा नेपाल बलियो अवस्थामा छ । नेपालले ४ खेलमा जित हासिल गर्दा ३ मा स्कटल्याण्ड विजयी भएको छ । नेपाल र स्कटल्याण्डबीचको १ खेल भने रद्द भएको थियो ।
स्कटल्याण्ड पछि नेपाल पर्सी नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली टोलीः
रोहित पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
प्रकाशित समय : ०६:३२ बजे



















