गृहपृष्ठ एकै दिन भूकम्पका तीन धक्का
एकै दिन भूकम्पका तीन धक्का
आज एकै दिन भूकम्पका तीनवटा धक्का महसुस गरिएको छ।
बझाङ र कास्कीमा फरक-फरक समयमा तीन वटा भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो।
यसअघि आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीको फूलिबाङ आसपास क्षेत्रमा ४.४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीकै अन्नपूर्ण क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रकाशित समय : १९:४५ बजे



















