global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौँ महाधिवेशनमा क्षितिज थेबेको प्यानलले स्पष्ट बहुमत पाएको छ । मत परिणामअनुसार थेबे १८८ मतान्तरले विजयी भए ।

थेबेलाई ७९७ मत प्राप्त भयो । उनका निकटतम् प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाए । महासचिव पदमा भने महेश चौलागाईंले ७५५ मत ल्याउँदै विजय हासिल गरेका छन्, उनका प्रतिस्पर्धीले ६४९ मत पाएका थिए ।

१ हजार ७६४ मतदाता प्रतिनिधिमध्ये १ हजार ४०४ मत खसेका थिए । नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भए पनि सुमन पुरीले मतदानमार्फतै परिणाम घोषणा गर्नुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

प्रकाशित समय : २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु