global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि शैक्षिक मेला हुने

अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि शैक्षिक मेला हुने

अध्ययनका लागि बाहिर जाने विद्यार्थीका लागि शैक्षिक मेला हुने

काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी)को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट–२०२५’ नामक शैक्षिक मेला हुने भएको छ ।

यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो । विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि यो मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ ।

यो मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले बताएका छन् ।

मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभइ विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आकर्षक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ ।
जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका बिद्यार्थीहरुसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ ।

एक्स्ट्रा अडीनरी विद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेइड इन्र्टनका रुपमा काम गर्न अवसर दिइनेछ । यो ६ महिनाका लागि लागि लागू हुनेछ भने भने विद्यार्थीले राम्रो काम गरेमा उनीहरुलाई जागिरकै रुपमा आईसीसीसीमा अवसर दिइनेछ । साथै उक्त दिन विभिन्न रोचक खेलहरु समेत खेलाइने आईसीसीसीका प्रवन्ध निर्देशक खड्काले जानकारी दिए ।

प्रकाशित समय : १९:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु