global ime bank Long Banner Ad

गृहपृष्ठ अमेरिका पठाइदिन्छु भन्दै ५५ लाख ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ५५ लाख ठगी गर्ने पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै ५५ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१ घर भएका २७ वर्षीय प्रविन कुमार मण्डल रहेका छन् ।

पक्राउ मध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपैयाँ र प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित समय : १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु