काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अमेरिकी राजदूत मुस्ताङमा

1.53K
shares

नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसन यहाँका सांस्कृतिक सम्पदाको अवलोकन गर्न यहाँ आइपुगेको छ । यहाँका सांस्कृतिक सम्पदाको सम्वद्र्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले उहाँ अवलोकन भ्रमणका लागि यहाँ आएको हो ।

नेपालर अमेरिकाबीचको साझेदारीलाई बलियो बनाउन तथा दिगो पर्यटन, आर्थिक वृद्धि र सांस्कृतिक निरन्तरतामा योगदान पु¥याउने उद्देश्यले राजदुत थम्पसनले मुस्ताङको भ्रमण गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । राजदूत थम्पसनसहितको टोलीले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष (एएफसीपी) को सहयोगमा जीर्णोद्वार गरिएका सांस्कृतिक सम्पदास्थलको भ्रमण गने अमेरिकी दूतावासले जनाएको छ । साथै सोही क्रममा राजदूत थम्पसनले स्थानीय समुदाय तथा परियोजना टोलीहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने बताइएको छ ।

एएफसीपीमार्फत जीर्णोद्वार गरिएका सम्पदाको स्थलगत अवलोकनका क्रममा राजदूत थम्पसनले उपल्लो मुस्ताङमा शनिबारदेखि सुरु हुने तिजी पर्वको अवलोकन गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ । उनले आज वारागुङ मुक्तिक्षेत्र–२ झोङस्थित गुम्बाको अवलोकन गरे । एएफसीपीबाट जीर्णोद्वार सम्पन्न भएको झोङ गुम्बाको अवलोकनका क्रममा राजदूत थम्पसनले यहाँको समुदायको पहिचान एउटा जीवन्त हिस्सा भएको उल्लेख गरे । जीर्णोद्वारसम्बन्धी कार्यबाट यहाँको धार्मिक तथा सांस्कृतिक पहिचानलाई जर्गेना गर्न टेवा पुग्ने उनको भनाइ थियो ।

मुस्ताङमा एएफसीपीमार्फत तीन परियोजनामा सहयोग प्राप्त भएको छ । राजदूत थम्पसनले आज भ्रमण गरेको झोङ गुम्बा, गोन्पा गाङ गुम्बा, लोघेकर गुम्बा ९घर गुम्बा० तथा लोमान्थाङस्थित जम्पा ल्हाखाङ गुम्बा, थुप्चेन गुम्बा र छोडे गुम्बाको अवलोकन भ्रमण गर्ने अमेरिकी दूतावासले जनाएको छ ।