global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

हिजो उच्च अङ्कले बढेको शेयर बजार आज भने घटेको छ । नयाँ गभर्नर नियुक्तिपछिको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ‘प्रि–ओपनिङ’ मा ३७ दशमलव ७९ अङ्कले बढे पनि बन्द हुने बेलामा भने घटेको हो ।

नेप्से ७ दशमलव ९४ अङ्कले घटेर २ हजार ६ सय ६९ दशमलव ५१ विन्दुमा झरेको छ । नेप्से दिउँसो ११ बजेर ३ मिनेटमा २ हजार ७ सय ७१ विन्दुसम्म पुगेको भए पनि टिक्न सकेन ।

आज बैंक, विकास बैंक र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर १ प्रतिशतले ओरालो लागेको छ ।

आज श्वेत–गङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्शन कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ३ सय १६ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ६९ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु