global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

कैलाली–कञ्चनपुरका किसानहरूलाई उद्यमशील बनाउँदै सुरो नेपाल

कैलाली र कञ्चनपुर जिल्लाका किसानहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउने अभियानमा सुरो नेपाल संस्था निरन्तर रूपमा सक्रिय रहँदै आएको छ । संस्था विगत ३–४ वर्षदेखि यी दुबै जिल्लाका किसानहरूलाई हाते ट्याक्टर र विभिन्न कृषि औजारहरू उपलब्ध गराउँदै सहयोग गर्दै आइरहेको छ ।

सुरो नेपालले हालसम्म करिब तीन हजार किसानलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याएको छ । तीमध्ये करिब ५ सय किसानलाई हाते ट्याक्टर र अन्य औजार उपलब्ध गराएर उनीहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्न सहयोग पु¥याइएको छ । यस अभियानले किसानहरूको उत्पादन क्षमता वृद्धि गर्नुका साथै उनीहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको छ ।
सुरो नेपाल संस्था समाजसेवी सुसिला खड्काको सक्रियतामा सञ्चालित छ । समाजसेवा क्षेत्रमा लामो समयदेखि क्रियाशील रहिआएकी खड्काले किसानहरू मात्र नभई बालबालिका तथा गरिब, दुःखी, अपाङ्ग व्यक्तिहरूलाई समेत विविध रूपमा सहयोग गर्दै आएकी छन् ।

सुसिला खड्काले भनेकी छिन्, ‘हामीले गरेको सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो अभियान निरन्तरता दिइरहेका छौँ ।’
स्थानीय तहदेखि संघीय सरकारसम्म, यस्ता संस्थागत पहलले कृषक वर्गको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

प्रकाशित समय : १३:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु