गृहपृष्ठ एशियन लाइफको हकप्रद शेयरका लागि बुक क्लोज
एशियन लाइफको हकप्रद शेयरका लागि बुक क्लोज
काठमाडौं । हकप्रद शेयर निष्कासनका लागि एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बुक क्लोजको मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकमा जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ जेठ १६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रद शेयर भर्न योग्य हुनेछन्।
धितोपत्र बोर्डले गत वैशाख २६ गते नेपाल एशियन लाइफलाई हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपातमा अर्थात ४२ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको थियो। अब एशियन लाइफले आफ्ना शेयरधनीहरुलाई १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ४०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ६४८ रुपैयाँ पुग्नेछ।
नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ निर्धारण गरेको छ। अब एशियन लाइफले न्यूनतम चुक्तापुँजी पुर्याउन बाँकी रहेको रकम बोनस शेयर वितरण गरेर कायम गर्नेछ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
प्रकाशित समय : ११:५८ बजे



















