global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जनतामा क्रान्तिको चेत अझै उस्तै छ: अध्यक्ष दाहाल

जनतामा क्रान्तिको चेत अझै उस्तै छ: अध्यक्ष दाहाल

जनतामा क्रान्तिको चेत अझै उस्तै छ: अध्यक्ष दाहाल अध्यक्ष दाहाल – स्वागत काँक्रविहार (सुर्खेत), ५ जेठः मध्यपहाडी राजमार्गको जनजागरण अभियानको सिलसिलामा दैलेख र जाजरकोटको सिमाना सुयाडा पुग्नुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गरिँदै । तस्बिरः हेमन्त केसी÷ रासस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन ।

छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले जनयुद्धमा जाजरकोटले पु(याएको योगदानको प्रशंसा गरे।

जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए।

अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने उनको भनाइ छ । “हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ”, उनले भने, “अब फेरी हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।” मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए ।

जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने उनले प्रतिबद्धता गरे । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिए । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उनले बताए ।

प्रकाशित समय : १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु