global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सुत्केरी र शिशुको हेलिकप्टरमार्फत उद्वार

सुत्केरी र शिशुको हेलिकप्टरमार्फत उद्वार

सुत्केरी र शिशुको हेलिकप्टरमार्फत उद्वार
जटिल स्वास्थ्य अवस्था भएकी एक सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ ।
यहाँको रामारोशन गाउँपालिका–१ निवासी २१ वर्षीया विपना साउद र उनको शिशुलाई जिल्ला अस्पतालबाट प्रादेशिक अस्पताल सुर्खेतमा रेफर गरिएको थियो ।
जिल्ला अस्पतालमा आजै सुत्केरी भएकी साउदको नवजात शिशुलाई स्वासप्रश्वासमा समस्या देखिएको र यहाँ उपचार सम्भव नभएपछि गोरख बक्स गणबाट सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए ।

प्रकाशित समय : १९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु