गृहपृष्ठ तेस्रो त्रैमासमा नेकोको नाफा ३६ करोड ९३ लाख, युनाइटेड अजोडको ११ करोड ६१ लाख
तेस्रो त्रैमासमा नेकोको नाफा ३६ करोड ९३ लाख, युनाइटेड अजोडको ११ करोड ६१ लाख
नेको इन्सुरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ छ भने महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस्तै,कम्पनीको रिटेन्ड अर्निङमा ६७ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६३ लाख रुपैयाँ छ।
समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ६० लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। शेयरपुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर २४.४७ रुपैयाँ कायम भएको छ।
यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ११ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै, समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा २ अर्ब ४२ करोड ७५ लाख रुपैयाँ रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ७९ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। शेयरपुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७.३७ रुपैयाँ कायम भएको छ।
प्रकाशित समय : ११:५१ बजे


















