global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

साहित्य समाजले मनायो दानवीर भण्डारीको १००औं जन्मजयन्ती

सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको १००औं जन्मजयन्ती मनाएको छ।

उनको सम्झनामा समाजले विविध कार्यक्रम गरेको हो। समाजका निवर्तमान अध्यक्ष रामलाल जोशी, वरिष्ठ लोकदेउडा गायक यज्ञराज उपाध्यायले भण्डारीले करोडौं दान गरेर समाजमा अमिट छाप छोडेर गएको स्मरण गरेका थिए।

प्रत्येक वर्ष एक जना श्रष्टालाई प्रदान गर्ने गरी भण्डारीले साहित्य समाजमा समेत ११ लाखको अक्षय कोष स्थापना गरेका थिए। उनले समाजको तीन तले भवन निर्माण हुँदै गर्दासमेत ठूलो धनराशी सहयोग गरेका थिए।

साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नवजीवन सहकारीका अध्यक्ष देबबहादुर बम रहेका थिए। कार्यक्रममा समाजका उपाध्यक्ष टोपेन्द्र शाह, महासचिव गणेश नेपालीलगायतले आफ्नो धारणा राखेका थिए।

प्रकाशित समय : १६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु