काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

मस्को परेड पछि पुटिनले भेटे उत्तरी कोरियाली सैनिक, दिए धन्यबाद

1.33K
shares

रूसका राष्ट्रपति भ्लादिमर पुटिनले रेड स्क्वायर परेड पछि उत्तर कोरियाली सैन्य अधिकारीहरूसँग कुराकानी गरेका छन् ।

मस्कोमा ८० औं विजय दिवसको परेड पछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रेड स्क्वायरमा कोरियाली जन सेनाका कमाण्डरहरूसँग केही वाक्यांशहरू आदानप्रदान गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ ।

पुटिनले देशको सशस्त्र सेनाको सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै उनीहरुसँग हात मिलाएर अँगालो हालेका थिए । सो भेटका क्रममा उत्तर कोरियाली राजदूत पनि उपस्थित रहेका थिए ।

‘सबै लडाकुहरूको स्वास्थ्य छन्’, पुटिनले उत्तर कोरियाली जनरलहरूसँग कुरा गर्दै भने, ‘तपाई र तपाईका सबै सेनाहरू सबै भन्दा राम्रो र परिपक्व रहेका छन् ।’ उनले सो क्रममा सहयोगका लागि धन्यबादसमेत ब्यक्त गरेका थिए ।

गत अप्रिल २६ मा रुसी सशस्त्र बलका जनरल स्टाफका प्रमुख भ्यालेरी गेरासिमोभले युक्रेनी सेनाबाट रुसको कुर्स्क क्षेत्रलाई मुक्त गराउन उत्तर कोरियाका सैनिकहरूले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।