काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

1.05K
shares

भारत र पाकिस्तानबीचको तनाव रोकिने देखिएको छैन् ।

दुवैले एक अर्काको सिमाना र सैन्य ब्यारेकसम्म हमला गरिरहेका छन् ।

जसअनुसार भारतको ‘अपरेशन सिन्दुर’ बिफल पार्नका लागि पाकिस्तान धेरै हदसम्म सफल भएको दावी गरिएको छ ।

जसअनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालिसकेको पाकिस्तानको सरकारी मिडियाले जनाएको छ।

पाकिस्तानले हालसम्म कुल ७७ भारतीय ड्रोन खसालेको सरकारी मिडिया पीटीभीले जनाएको हो ।

‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहिबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।

उसका अनुसार पाकिस्तानले भारतीय आक्रामणको ‘उचित जवाफ’ दिइरहेको दावी पनि गरिएको छ।