global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मर्जर नीतियता घटे बैंक तथा वित्तीय संस्था, बैंकमा खाता खोल्नेहरु कति छन् ?

मर्जर नीतियता घटे बैंक तथा वित्तीय संस्था, बैंकमा खाता खोल्नेहरु कति छन् ?

मर्जर नीतियता घटे बैंक तथा वित्तीय संस्था, बैंकमा खाता खोल्नेहरु कति छन् ?

पछिल्लोसमय बैंक तथा वित्तीय संस्थाको संख्या१०७ मा झरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७साल असार मसान्तमा १५५ वटा बैंक तथा वित्तीय संस्था रहेपनि चालू आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्म १०७ मा झरेका हुन् । बैंकहरू गभिने तथा प्राप्ति गर्ने प्रक्रियामार्फत ४८ वटा घटेका हुन् ।

लघुवित्त वित्तीय संस्थासमेत गरेर हाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या१०७रहेको छ । तीमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ५४३ पुगेको छ ।

लघुवित्त वित्तीय संस्थासमेत गरी बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार ५३० रहेकोमा २०८१ फागुन मसान्तसम्ममा ११ हजार ५४३ पुगेको छ । २०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको संख्या १० हजार ६८३ रहेको थियो ।

समीक्षा अवधिमा वाणिज्य बैंकका पाँच हजार ८१, विकास बैंकका एक हजार १३२, वित्त कम्पनीका २९१, लघुवित्त वित्तीय संस्थाका पाँच हजार ३९ वटा शाखा रहेका छन् । यसैगरी, पछिल्लो समय बझाङ जिल्लाको साइपाल गाउँपालिकामा एभरेस्ट बैंकको शाखा विस्तार भएसँगै देशभरका ७५३ वटै पालिकामा बैंकिङ सुविधा पुगेको छ ।

नेपालमा सबै स्थानीय तहमा बैंकका शाखा विस्तार भएसँगै खातामा पनि क्रमशः वृद्धि हुँदै गएको छ । बैंकहरूको कुल निक्षेप रजिस्टर्ड खाता भने ५ करोड ८३ लाख ९९ हजार ७ सय ८४ हाराहारीमा पुगेको छ ।

यो तथ्यांक वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाको मात्रै हो ।यसबाहेक लघुवित्त वित्तीय संस्था र सहकारी संस्थाहरूमा भएको वित्तीय पहुँचलाई भने यसमा समावेश गरिएको छैन । रजिस्टर्ड निक्षेप खाता संख्या ५ करोडमाथि भएपनि सबै खाता नियमित सञ्चालनमा छैनन् । पछिल्लो जनगणनाअनुसार नेपालको कुल जनसंख्या भने २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।

राष्ट्र बैंकको गत असारसम्मको तथ्यांकअनुसार कुल खातामध्ये ३ करोड ५३ लाख ७९ हजार खाता सक्रिय रूपमा संचालनमा छन् । यसमध्ये, पुरुषको सक्रिय खाता संख्या १ करोड ९७ लाख १६ हजार र महिलाको सक्रिय खाता संख्या १ करोड ५६ लाख ६२ हजार रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय : १७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु