गृहपृष्ठ भारत र पाकिस्तानबीच तनाव : नेपालमा कति छ इन्धन भण्डारण ?
भारत र पाकिस्तानबीच तनाव : नेपालमा कति छ इन्धन भण्डारण ?

भारत र पाकिस्तानबीच बढेको तनावले नेपालमा समेत इन्धन अभाव हुने त होइन भन्ने प्रश्न खडा भएको छ । तर, नेपाल आयल निगमले भारत र पाकिस्तानबीच बढेको तनावले तत्काल इन्धनको समस्या नहुने जनाएको छ ।
निगमसँग पेट्रोल भण्डारण सात दिनसम्मका लागि र डिजेल १२ दिनसम्मका लागि रहेको प्रवक्ता मनोज ठाकुरले बताएका छन् । निगमसँग पेट्रोल २८ हजार किलोलिटर, डिजेल ६० हजार किलोलिटरको भण्डारण सुविधा छ । यस्तै ५९ ग्यास उद्योगमा १० हजार मेट्रिकटन ग्यास रहेको आयल निगमले जनाएको छ ।
यसैगरी, भारतीय आयल कर्पोरेसनले पनि भारतभर इन्धनको पर्याप्त भण्डारण भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।
शुक्रवार भारतीय आयल कर्पोरेसनले सामाजिक सञ्जालमा एक्समा पोस्ट गर्दै पर्याप्त स्टक रहेको र आपूर्ति लाइनमा कुनै समस्या नरहेको प्रष्ट पारेको हो । निगमले आत्तिएर चाहिनेभन्दा बढी इन्धन स्टक नगर्न भनेको छ । भारतका विभिन्न शहरमा युद्धका कारण इन्धन आपूर्ति समस्या हुने भन्दै भीड लाग्न थालेपछि यस्तो अपिल जारी गरेको हो ।
प्रकाशित समय : १५:०८ बजे