global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना

बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना

बालबालिकामाथि गरेको लगानी एकदमै न्यून छ यसलाई बढाऔं : सांसद राना

नेपाली कांग्रेसकी सांसद् सिता कुमारी रानाले सरकारले बालबालिकामाथि गरेको लगानी एकदमै न्यून भएको बताएकी छन् । शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि अनुमोदन गरेको ३५ वर्ष वितिसक्दा पनि थोरै स्थानीय तह बालमैत्री हुनु दुर्भाग्य भएको बताएकी हुन् ।

उनले भने, ‘सन् १९९० मा नै संयुक्त राष्ट्रसंघीयको बालअधिकार महासंघको महासंन्धि विनासर्त अनुमोदन गरेका छौँ । ३५ वर्ष भयो अन्तर्राष्ट्रिय समुदायसामु प्रतिबद्धता गरेको तर अझै पनि महासन्धिमा भएका धेरै विषयका कार्यान्वयनको यर्थात अवस्था सबैसामु जगजायछ छ ।

तिनै प्रतिबद्धता कार्यन्वयन गर्न बालमैत्री स्थानिय शाषनको अवधारणा कार्यान्वयनमा ल्याएको करिब १३ वर्षको अन्तरालमा छौँ हालसम्म २६ स्थानीय तह र करिब १ सय वडा मात्र बालमैत्री हुनु दुर्भाग्य छ । सिंगो देशलाई बालमैत्री बनाउन अन्तराष्ट्रिय समुदायसामु गरेको प्रतिवद्धता पुरा गर्न राज्यले बालवालिकामाथि गरेको लगानी अत्यन्तै न्युन छ ।’

उनले अबको बजेटमा बालबालिकामैत्री बजेट तर्जुमा गरी बालवालिकामाथि लगानी गर्न र देशमा बाललगानी दशकको घोषणाको लागि सरकारसँग माग पनि गरेकी छन् ।

 

 

प्रकाशित समय : १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु