गृहपृष्ठ सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना
सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै जथाभाबी फोहर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ।
गाउँपालिकाले सार्वजनिक जग्गा, पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गर्ने, जथाभाबी फोहर फाल्ने, पशुचौपाया छाडा छाड्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने तथा अन्य कानुन विपरीतका कार्य गर्नेलाई जरिवाना र दण्ड सजायको व्यवस्था गरेको छ।
गाउँपालिकाले सूचना जारी गर्दै आर्थिक विधेयक, २०८१ को अनुसूची १३ अनुसार सार्वजनिक स्थल तथा सडकमा जथाभाबी फोहरमैला फालेमा पाँच सयदेखि दुई हजार ५ सयसम्म, छाडा छाडिएका पशुचौपायाले हानी नोक्सानी पुर्याएमा सो बराबरको क्षतिपूर्ति तिराउने व्यवस्था गरिएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरेमा प्रथम पटक १० हजार र अर्को पटक १० हजारदेखि ५० हजारसम्म जरिवाना लाग्ने उक्त सूचनामा उल्लेख छ। साथै सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गरेमा सो हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै भराउने व्यवस्था गरेको छ।
उनीहरूको आवास व्यवस्थापन नहुन्जेलसम्म बसोबास स्थलबाट नहटाउने अनुसूचीमा उल्लेख गरिएको छ। सार्वजनिक पोखरी अतिक्रमण गरी गैरकानुनी भोगचलन गरेमा र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा ५० हजारदेखि ५ लाखसम्म जरिवाना तोकिएको छ।
प्रकाशित समय : १०:३६ बजे