global ime bank Long Banner Ad

गृहपृष्ठ एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

एशियन बक्सिङमा ७ खेलाडीले भाग लिने

काठमाडौं । एशियन अन्डर–२२ तथा युथ बक्सिङ प्रतियोगितामा नेपालबाट ७ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाल बक्सिङ संघले आयोजना गरेको राष्ट्रव्यापी छनोट प्रतियोगितामा उत्कृष्ट हुन सफल ७ जना खेलाडीले श्रीलंकाको राजधानी कोलम्वोमा यही बैशाख २९ देखि जेष्ठ जेठ १० गते (मे १२–२४,२०२५) सम्म आयोजना हुने प्रतियोगितामा सहभागी हुने भएका हुन ।

खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले सफलताको शुभकामना सहित विदाई गरेका छन् ।२८ देशका २७० जना खेलाडी सहभागी हुने प्रतियोगितामा भाग लिन खेलाडी तथा अफीसियलहरु बैशाख २७ गते कोलम्वो जाने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भाण्डारीले बताए ।

सहभागी खेलाडीहरुमा ५२ केजी तौल समुहमा रोशनी घलान, ६० केजीमा नारिका राई ८१ केजी माथि त्रिशा जबेगु छन् ।यस्तै ४८ केजीमा लालप्रसाद उप्रेती, ५१ केजीमा अर्पिल राना, ५७ केजीमा सिंह वीर लिम्बु, र ६० केजीमा छिरिङ वांदी शेर्पा छन् । यस्तै प्रशिक्षकमा सुजितकुमार पुनमगर, रेफ्रीजजमा सन्तोष आलेमगर र व्यवस्थापकमा मानबहादुर भण्डारी रहेका छन् ।

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु