global ime bank Long Banner Ad

गृहपृष्ठ हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक

हिमालयन लाइफको नयाँ बोनसदर सार्वजनिक

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०–८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम प्रतिहजार १८ रुपैयाँदेखि अधिकतम ८६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

नयाँ बोनसदर अनुसार सावधिक बीमालेखमा बीमा अवधिअनुसार २६ रुपैयाँदेखिस ६३ रुपैयाँसम्म, सावधिक तथा आजीवन बीमा योजनामा ३६ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिहजारका दरले बोनस दिने भएको छ ।

त्यस्तै अग्रिम भुक्तानी सावधिकमा ५६ रुपैयाँदेखि ८६ रुपैयाँसम्म, जीवन उपहार (अग्रिम भुक्तानी सावधिक) मा ४८ रुपैयाँ, जीवन उपहार (सावधिक) मा ३१ रुपैयाँ र सावधिकमा ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, सावधिक तथा आजीवन बीमा योजनामा (१३) मा ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक (१०, १२ र १५) मा ३४ देखि ४६ रुपैयाँसम्म, वार्षिक नगद फिर्ता (२३ र २५) मा ३२ देखि ४१ रुपैयाँसम्म र सुरक्षित भविष्य जीवन बीमा योजना (२८) मा न्यूनतम १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनसदर दिने भएको छ। यी बोनसदर कम्पनीले अर्काे नयाँ बोनसदर निर्धारण नगरेसम्म र मृत्यु, पूर्ण वा आंशिक अवधि, समर्पण मूल्य, चुक्ता मूल्य दाबी भुक्तानी र चालू बीमालेखमा समेत लागू हुने उल्लेख गरेको छ ।

प्रकाशित समय : ११:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु