global ime bank Long Banner Ad

गृहपृष्ठ नवप्रवर्तनशील ऊर्जा प्रविधिमा अष्ट्रेलियाको ऐतिहासिक सफलता

नवप्रवर्तनशील ऊर्जा प्रविधिमा अष्ट्रेलियाको ऐतिहासिक सफलता

नवप्रवर्तनशील ऊर्जा प्रविधिमा अष्ट्रेलियाको ऐतिहासिक सफलता

अष्ट्रेलियाको तस्मानिया राज्यमा रहेको एक जलपोत निर्माण कम्पनीले विश्वकै सबैभन्दा ठूलो ब्याट्रीबाट चल्ने पानीजहाज निर्माण गरी सार्वजनिक गरेको छ।

यो जहाज दक्षिण अमेरिकाको एक फेरी सेवा दिने कम्पनीका लागि बनाइएको हो। करिब १३० मिटर लामो यो जहाजमा २५० टनभन्दा बढी ब्याट्री राखिएको छ।

जहाजको नाम हल ०९६ राखिएको छ र यो तस्मानियाको होबार्ट सहरमा रहेको कारखानाबाट बनाइएको हो।

यस जहाजमा दुई हजार १०० जना यात्रु र २२५ वटा सवारी साधन अटाउने क्षमता छ। कम्पनीका अध्यक्ष रोबर्ट क्लिफोर्डले यसलाई कम्पनीको इतिहासकै सबैभन्दा ठूलो र महत्वपुर्ण काम बताए।

उनले भने, “हामीले तस्मानियामा लामो समयदेखि उत्कृष्ट जहाजहरू बनाउँदै आएका छौं, तर यो अहिलेसम्मकै सबैभन्दा ठूलो र चुनौतीपूर्ण योजना हो।”

यस जहाजमा हालसम्म कुनै पनि पानीजहाजमा प्रयोग नभएको जति ठूलो ऊर्जा भण्डारण प्रणाली जडान गरिएको छ। त्यो प्रणाली आठ वटा बिजुलीबाट चल्ने पानी फाल्ने यन्त्रसँग जोडिएको छ जसले जहाजलाई अगाडि बढाउँछ।

कम्पनीका प्रमुख स्टिफन केसीले भने, “यसले देखाउँछ कि कम प्रदूषण गर्ने यातायातका उपाय अहिले नै प्रयोग गर्न सकिने अवस्थामा छन्।” यो जहाजलाई परीक्षणका लागि केही महिनापछि समुद्रमा चलाइनेछ।

प्रकाशित समय : २१:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु