global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ अब भारतबाट दैनिक १५ घन्टा बिजुली आयात

अब भारतबाट दैनिक १५ घन्टा बिजुली आयात

अब भारतबाट दैनिक १५ घन्टा बिजुली आयात

नेपाल विद्युत् प्राधिकरणले भारतबाट मागेजति बिजुली नपाए लोडसेडिङ हुने बताइरहेका बेला पिकआवर बाहेकको बिजुली पाउने भएको छ । यसअघि दैनिक १२ घन्टा बिजुली आयात गर्दै आएको प्राधिकरणले बिहीबारदेखि १५ घन्टासम्म आयात गर्न पाउने भएको हो ।

भारतबाट बिहान ६ देखि साँझ ५ बजेसम्म निरन्तर बिजुली आइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिले सुक्खा मौसममा नदीनालाको बहाव कम हुँदा जलाशय र सौर्य ऊर्जासहित आन्तरिक उत्पादन औषत १ हजार १७५ मेगावाट रहेको छ । हालको उच्च माग २ हजार ७७ मेगावाट र सो समय अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ । अपुग विद्युत भारतबाट आयात गरिँदै आएको छ

प्रकाशित समय : १४:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु