global ime bank Long Banner Ad

गृहपृष्ठ शाओमीको नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ सार्वजनिक

शाओमीको नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ सार्वजनिक

शाओमीको नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ सार्वजनिक

शाओमीले आफ्नो नयाँ प्रिमियम स्मार्टफोन ‘शाओमी १४टी’ सार्वजनिक गरेको छ । प्रसिद्ध क्यामेरा निर्माता लाइकासँगको सहकार्यमा तयार पारिएको यो स्मार्टफोनमा मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्‍याउने दाबी गरिएको छ ।

शाओमी १४टी मा ५० मेगापिक्सेलको लाइका सुम्मिलक्स मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र ५० मेगापिक्सेलको टेलिफोटो क्यामेरा समावेश गरिएको छ ।

सोनी आईएमएक्स ९०६ सेन्सरसँग सुसज्जित क्यामेरा प्रणालीले गुणस्तरको तस्बिर खिच्न सक्ने कम्पनीको दाबी छ ।

फोनमा मिडियाटेकको डाइमेन्सिटी ८३००–अल्ट्रा चिपसेट प्रयोग गरिएको छ, जुन ४ न्यानोमिटर प्रविधिमा आधारित छ । यसले उच्च प्रदर्शनसँगै ऊर्जा खपतमा समेत सन्तुलन ल्याउने कम्पनीको भनाइ छ ।

६.६७ इन्चको १४४ हर्ज एएमोएलईडी डिस्प्ले रहेको यो फोन चार हजार निट्सको पिक ब्राइटनेस र १.५के रिजोल्युसनसहित उपलब्ध छ । फोन आईपी–६८ वाटर एन्ड डस्ट रेसिस्टेन्ट डिजाइनमा निर्माण गरिएको छ ।

यसमा पाँच हजार मिलिअम्पियरआवर (एमएएच) ब्याट्री जडान गरिएको छ, जसलाई ६७ वाटको हाइपरचार्ज प्रविधिबाट ४५ मिनेटमै पूर्ण चार्ज गर्न सकिन्छ । फोनमा समावेश कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले तस्बिर पहिचान, पृष्ठभूमि अनुकूलन र ब्याट्री उपयोग सुधार गर्ने कम्पनीको दाबी छ ।

शाओमी १४टी ले ६० फ्रेम प्रतिसेकेन्डमा फोरके भिडियो रेकर्डिङ सपोर्ट गर्छ । साथै, सिनेम्याटिक ब्लर, र्याक फोकस र लाइका शैलीका कलर फिल्टरले प्रयोगकर्तालाई फिल्म निर्माणको अनुभव दिने कम्पनीको दाबी छ ।

 

प्रकाशित समय : १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु