गृहपृष्ठ तेस्रो त्रैमाससम्म राष्ट्रिय वाणिज्य बैंकको वित्तीय अवस्था कस्तो छ ?
तेस्रो त्रैमाससम्म राष्ट्रिय वाणिज्य बैंकको वित्तीय अवस्था कस्तो छ ?
राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेकाचालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ९ महिनामा १ अर्ब २० करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा भने ४९.२९ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा बैैंकको नाफा २ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ९७ करोड २२ लाख ६६ हजार रुपैयाँबाट घटेर ७ अर्ब १० करोड ४४ लाख ५८ हजार रुपैयाँमा पुगेको छ । सञ्चालन नाफामा भने गिरावट देखिएको छ ।
बैंकको सञ्चालन नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३७ करोड रुपैयाँ रहेकोमा घटेर १ अर्ब ६९ करोड रुपैयाँमा सीमित भएको छ । कुल सञ्चालन आम्दानी समेत ६ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । यता, बैंकको चुक्तापूँजी १५ अर्ब ६३ करोड र जगेडा कोष सञ्चिति ३७ अर्ब ४० करोड रहेको छ ।
प्रकाशित समय : १३:०६ बजे




















