global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

कांग्रेस नेता डङ्गोलको अन्त्येष्टि

नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डङ्गोलको पार्थिव शरीर नेवारी परम्पराअनुसार आज टेकु दोभानस्थित चिन्तामणिघाटमा अन्त्येष्टि गरिएको छ । धर्मपत्नी तेज माया र भाई बलराम डङ्गोललेपार्थिव शरीरमा दागबत्ती दिए । अन्त्येष्टिमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, आफन्तजन र शुभेच्छुकको बाक्लो उपस्थिति थियो ।

लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गौलाको उपचार गराइरहेका काठमाडौँ नगर पञ्चायतका पूर्वउपप्रमुख डङ्गोलको गए राति ७७ वर्षको उमेरमा सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा निधन भयो ।

नेपाली राजनीतिमा जुझारू नेताका परिचय बनाएका डङ्गोल विसं २०६२÷६३ को प्रतिगमनविरुद्धको काठमाडौँको आन्दोलन नेतृत्वमा भएको थियोे । विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य थिए।

अन्त्येष्टि अघि पार्थिव शरीर सानेपास्थित नेपाली कांग्रेस पार्टी कार्यलयमा राखिएको थियो । त्यसअवसरमा कांग्रेसका महामन्त्री गगन थापा, पूर्वमहामन्त्रीत्रय कृष्णप्रसाद सिटौला, शशाङ्क कोइराल र उपप्रधामन्त्री प्रकाशमानसिंह, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायतले श्रद्धाञ्जली अर्पण गरे ।

डङ्गोलका सहयात्री र शुभेच्छुकले उहाँ निर्भिक र सत्यको पक्षपाति भएको प्रतिक्रिया दिएको छ । उनका सहयात्री तथा पूर्वमन्त्री भिमसेनदास प्रधानले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भए पनि दलका नेतामा असलभन्दा हाम्रा मान्छेको खोजी गर्ने मनस्थिति कायम गरेको अवस्थामा काठमाडौँ जिल्ला पूर्वसभापति डङ्गोलले समूह, नातावाद र कृपावादबाट माथि उठ्न शीर्षनेताहरुलाई पटक–पटक सचेत गराएको स्मरण गराए ।

राष्ट्रियसभाका सदस्य अञ्जान शाक्यले पूर्वराज्यमन्त्री डङ्गोलको निधनले नेपाली कांग्रेसलगायत देशले एउटा कुशाल, इमान्दार र निष्ठावान नेता गुमाएको प्रतिक्रिया दिए ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु