global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेता तीर्थराम डंगोलको मृत्यु, नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

नेता तीर्थराम डंगोलको मृत्यु, नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

नेता तीर्थराम डंगोलको मृत्यु, नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा मृत्यु भएको छ । डंगोलको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित डंगोलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेसले डंगोलको पार्थिव शरीरलाई आज (वैशाख १३) गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेको छ ।  अपरान्ह २ बजे काठमाडौंको टेकू दोभानमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति, पूर्व स्वास्थ्य राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालिन व्यक्तित्व तीर्थराम डंगोलको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय डंगोलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत रहेका स्वर्गीय डंगोल वि.सं. २०४३ मा काठमाडौं नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका थिए । स्वर्गीय डंगोल २०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित र २०६४ मा संविधान सभाको सदस्य भए । निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र वहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले  जनआन्दोलनको नेतृत्व गरेका थिए ।

प्रकाशित समय : १३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु