काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेको इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड सम्पन्न

3.09K
shares

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको १ः०.२५ अनुपातको हकप्रद सेयरमध्ये ४८ लाख ५ हजार ६४०.२० कित्ता सेयर रितपूर्वक आवेदन दिने सेयरधनीहरूलाई चैत ३१ गते बाँडफाँड गरेको हो।

कम्पनीले माघ १७ गतेसम्म कायम साविकका सेयरधनीका लागि हालको चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँको आधारमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। तर, बाँडफाँडपछि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर अवितरित रहेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।