global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नेपालगञ्जका दुई वडामा आवासीय बीमा सुरु

नेपालगञ्जका दुई वडामा आवासीय बीमा सुरु

नेपालगञ्जका दुई वडामा आवासीय बीमा सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ३ र ७ मा आवासीय घर बिमा कार्यक्रम सुरु गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बीमितलाई बिमाको प्रमाणपत्र हस्तान्तरण गरेर बुधबारदेखि आवासीय बिमा सुरु गरेको हो ।

उपमहानगरप्रमुख विष्टले आवासीय घर बिमा कार्यक्रमले विपद् जोखिममा रहेका परिवारलाई आर्थिक रूपले सशक्त बनाउन खोजिएको बताए । विपद्पछि पनि परिवारमा थप पीडा नहोस् भनेर न्यून आय भएका परिवारलाई लक्षित गरेर आवासीय बीमा कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

“भूकम्प, बाढी तथा डुबान, आगलागीबाट हुन सक्ने जोखिमलाई यसले ठूलो राहत दिन सक्छ,” उनले भने ।  विपद् जोखिम न्यूनीकरणका लागि सुरु गरिएको यस कार्यक्रममा पहिलो चरणमा दुई वडाका दुई वडाका करिब ७५० घरमध्ये १५१ समावेश हुनेछन् । दुई वडामध्ये नेपालगञ्ज–३ का १०९ र ७ का ४२ घर समेटिएका छन् । विपद् जोखिमसम्बन्धी कार्यविधि २०८० बनाइसकेका छौँ । यसले विपद्पछिको पीडा कम गर्न काम गर्ने छ”, नगरप्रमुख विष्टले भने ।

उपमहानगरपालिका विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बीमा कार्यक्रम अगाडि बढाइएको बताए । आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गर्दा प्रिमियम तिरिदिने तथा १५ लाखभन्दा माथिको हकमा व्यक्ति स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

पन्ध्र लाखको बीमा गर्दा ५८४ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ । राष्ट्रिय बिमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा मृत्यु, घाइते वा घरमा क्षति भएको हकमा अलग अलग बिमा हुने जानकारी दिए ।

पालिकाको वडा नं ३ र ७ मा आवासीय घरको घनत्व बढी हुँदा बाटो साँघुरो र पुरानो बस्ती भएकाले विपद् जोखिम बढी छ । घर जीर्ण भएकाले ती स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएकोे उपमहानगरपालिकाले जनाएको छ । यहाँ सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना ९सुपर० सञ्चालनमा छ ।

प्रकाशित समय : ०५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु