global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बैशाख तेस्रो साता पोखरामा अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने

बैशाख तेस्रो साता पोखरामा अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने

बैशाख तेस्रो साता पोखरामा अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने

पोखरामा बैशाख तेस्रो साता अन्तर्राष्ट्रिय लायन्स कप भलिबल प्रतियोगिता हुने भएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ को आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय भवनको भलिबल कोर्टमा बैशाख १८ गतेदेखि २२ गतेसम्म प्रतियोगिता हुने बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

लायन्स क्लबले पहिलो पटक आयोजना गर्ने सो प्रतियोगितामा ६ टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पाकिस्तान भलिबल क्लब (इस्लामाबाद), नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब सहभागी हुने पक्का भएको क्लबका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार एक टिमको टुंगो लागिसकेको छैन । भारत र इरानका टिमहरूसँग सहभागिताका लागि छलफल भइरहेको भन्दै उनले यी दुई टिममध्ये कुनै एक टिम सहभागी हुने उनको भनाई छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु