global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष :यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष :यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष :यसले समाजमा घुलमिल हुन सहयोग गरेको मालीका दृष्टिविहीनहरूको भनाइ

अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाए ।

स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ । यसले धेरै दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिको जीवनमा साक्षरता र स्वतन्त्रताको मार्ग प्रदान गरेर परिवर्तन ल्याएको छ ।

“ब्रेलले मलाई मेरो जीवन जिउन मद्दत ग¥यो”, बाल्यकालमा दृष्टि गुमाएका मालीका सामाजिक कार्यकर्ता नडियायले भने, “पहिले मानिसहरूले आफूलाई प्रश्न गर्थेः यहाँ कोही छ जो देख्न सक्दैन, उसले कसरी सफलता हासिल गर्छ रु ऊ समाजमा कसरी एकीकृत हुनेछ रु”

दुई करोडभन्दा बढी जनसङ्ख्या भएको पश्चिम अफ्रिकी देश मालीले दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूलाई एकीकृत गर्न लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ ।

आँखाको हेरचाह गर्ने परोपकारी संस्था साइटसेभरका अनुसार मालीमा करिब एक लाख ७० हजार मानिस दृष्टिविहीन रहेको अनुमान गरिएको छ ।

सत्चालीस वर्षीय नडियायले मालीको दृष्टिविहीनहरूको संस्थामा भाग लिने सौभाग्य प्राप्त गरे । त्यहाँ ब्रेलमा लेख्न सिके र आफैँलाई भने, “साँच्चै, अरूले गर्ने सबै कुरा, म पनि गर्न सक्छु ।” उनले पछि विश्वविद्यालयमा पढे।

ब्रेलले उनलाई गिटार बजाएर आफ्नो मुख्य सोख विकास गर्न अनुमति दिएको छ । ब्रेलले स्पर्शको महत्त्वलाई पनि जोड दिन्छ ।

“तारहरूमा प्रत्येक दबाब, गर्दनमा औँलाको प्रत्येक चाल, अर्थले भरिएको एक जीवित नोट बन्छ”, उनले भन ।

गिटार मालीको ग्रिओट परम्पराको अभिन्न अङ्ग हो, सङ्गीतमार्फत कथा भन्ने सांस्कृतिक अभ्यास । सङ्गीतकारहरूले कोरा जस्ता परम्परागत तार वाद्ययन्त्रहरूको आवाज अनुकरण गर्न गिटारलाई अनुकूलित गरे ।

अली फारका टौरे जस्ता स्थानीय कलाकारहरूले मालियन मेलोडीलाई ब्लुजका तत्वहरूसँग मिसाएर एक आत्मवादी, सम्मोहक ध्वनि सिर्जना गरेका छन् जसले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरेको छ ।

प्रतिष्ठित मालियन साङ्गीतिक जोडी अमाडो र मरियमले किशोर हुँदा नडियायकोे वाद्ययन्त्रप्रतिको उत्कटतालाई जागृत गरेको थियो ।

“एक दिन एक फोटोग्राफी स्टुडियो नजिकै मैले सङ्गीत झ्यालबाट गुञ्जिएको सुनेँ, जसले मलाई यो विश्व पत्ता लगाउन प्रेरित गर्‍यो”, उनले भने ।

‘मालीको दृष्टिविहीन जोडी’ का रूपमा चिनिने अमाडो बागायोको र मरियम डौम्बियाले सन् १९९० को दशकमा पारम्परिक मालियन सङ्गीत, रक र ब्लुजको संयोजनसँग अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । बागायोकोले १६ वर्षको उमेरमा दृष्टि गुमाएको थियो भने डौम्बिया पाँच वर्षको उमेरमा दादुराको उपचार नगर्दा दृष्टिविहीन भए ।

यो जोडीबीच मालीको दृष्टिविहीनहरूको संस्थामा भेट भएको थियो । त्यहाँ डौम्बियाले ब्रेल अध्ययन गर्दै हुनुहुन्थ्यो र नृत्य तथा सङ्गीतका कक्षाहरू सिकाउँदै हुन् ।

यस्ता ठाउँहरूमा ब्रेलले विद्यार्थीहरूलाई पढ्न र लेख्न सिक्न लामो समय लाग्ने जस्ता शैक्षिक बाधाहरू पार गर्न अनुमति दिएको छ ।

राजधानी बामाकोमा दृष्टिविहीनहरूको संस्थामा पढाउने अली मुस्तफा डिक्कोका अनुसार त्यसपछि उनीहरूले अन्य कसैले जस्तै एकै परीक्षा दिन सक्छन्, जसले उनीहरूलाई रोजगारी खोज्न अनुमति दिन्छ ।

डिक्को पनि दृष्टिविहीन हुन् । विशेष टाइपराइटर प्रयोग गरेर उनले आफ्ना विद्यार्थीहरूका लागि ब्रेलमा पाठहरू सिर्जना गर्न सक्ने । तर उनका अनुसार उनका विद्यार्थीहरू अझै पनि असुविधामा छन् ।

“हामीसँग शिक्षण सामग्रीको सङ्कट छ”, डिकोले भने । उनसँग दर्जनौँ विद्यार्थीको सम्पूर्ण कक्षाका लागि ब्रेलमा एउटा पढ्ने पुस्तक छ ।

तर नयाँ प्रविधिको विकाससँगै केही दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूले शैक्षिक बाधाहरू निरन्तर घट्ने आशा गरेका छन् ।

“त्यहाँ सफ्टवेयर छन्, त्यहाँ बोल्ने टेलिफोनहरू छन्, त्यसैले त्यहाँ धेरै कुराहरू छन् जो मुखर छन्”, सङ्गीत जोडीका बागायोकोले भने, “यसले हामीलाई अगाडि बढ्न अनुमति दिन्छ ।”

तर सेनेगलमा आधारित साइटसेभर्सका समावेशी शिक्षाका कार्यक्रम अधिकृत मौसा म्बेन्गेले यस्ता प्रगतिले अझै पनि दुई शताब्दीअघि ब्रेलले गरेको फड्को नमार्ने बताए ।

“यसले ब्रेललाई प्रतिस्थापन गर्न सक्दैन । यसको विपरित मेरा लागि प्रविधिले ब्रेललाई पूरक बनाउँछ”, उनले भने ।

प्रकाशित समय : १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु