काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

2.04K
shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव नियुक्तिका विषयमा सर्वोच्चले कारण देखाउ आदेश दिएको छ ।

मन्त्रालयको सचिव नियुक्तिमा असनतुष्टी जनाउँदै अतिरिक्त सचिव डा.संगिता कौशल मिश्रले शुक्रवार रिट दायर गरेकी थिइन् । उक्त विषयमा सर्वोच्चले आइतबार सरकारलाई कारण देखाउ आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाउ आदेशका साथै छलफलका लागि दुवै पक्ष (नेपाल सरकार र असन्तुष्ट डा.मिश्र) लाई छलफलमा बोलाएको छ । सरकारले २१ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो ।

१२ फागुनमा पूर्व सचिव डा. रोसन पोख्रेलको ५ वर्षे (१२ औ तहसहित) कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरू डा मिश्रा, डा.टंक बाराकोटी र डा. विकास देवकोटाको नाम मन्त्रिपरिषद्‌मा सिफारिस गरेको थियो । डा। देवकोटा सचिव नियुक्ति भएलगत्तै सचिवको जिम्मेवारी सम्हालेका छन् भने डा. बराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।