global ime bank Long Banner Ad

गृहपृष्ठ अवैध ३ लाख भारुसहित भारतीय युवक पक्राउ

अवैध ३ लाख भारुसहित भारतीय युवक पक्राउ

अवैध ३ लाख भारुसहित भारतीय युवक पक्राउ

जनकपुर नागरिक उड्डयन कार्यालय जनकपुरबाट अवैध भारतीय ३ लाख रुपैयासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी श्री एयरलाईन्सबाट काठमाडौँ जान लागेका यात्रुलाई चेकजाँच गर्ने क्रममा भारतको मुज्जफरपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने संजय कुमार गुप्ताको २० वर्षीय छोरा शिवम कुमारलाई पक्राउ गरेको छ । शिवमले बोकेको कालो कपडाको झोलाभित्र दुई हजार दरको १ सय ५० थान भारतीय नोट प्रहरीले बरामद गरेको हो ।

स्रोत नखुलेको भारुसहित पक्राउ परेका शिवमलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर अशोक कुमार झाले जानकारी दिए ।

प्रकाशित समय : ०१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु