global ime bank Long Banner Ad

गृहपृष्ठ सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष स्थापना

कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलोपटक ‘सहायता कक्ष’ स्थापना गरिएको छ ।

बागमती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलबार सो कक्षको उद्घाटन गर्दै कोरोना भाइरसको संक्रमणका बारेमा सचेतना फैलाउन र यहाँ आउने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको बताए ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले सर्वसाधारणको जनस्वास्थ्य सुरक्षामा राज्य र जिम्मेवार निकाय गम्भीर भएर लाग्नुपर्ने बताउँदै सेवाग्राहीको बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको सहायता कक्षले नागरिकको स्वास्थ्य सुरक्षामा थप मद्दत पुग्ने छ भने । वाग्मती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्कीले नागरिकको स्वास्थ्य सुरक्षा पहिलो आवश्यकता भएकाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सहायता कक्ष स्थापना गरिएको बताए ।

सहायता कक्षमा ज्वरो मापनका साथै रुघाखोकी लागे/नलागेको बारेमा सोधपुछ हुनेछ । अत्यधिक ज्वरो आएका र केही शंकास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा छुट्टै कोठामा राख्ने व्यवस्था गरिएको छ । सहायता कक्षमा तीन जना स्वास्थ्यकर्मी खटाइएको अध्यक्ष कार्कीले बताए ।

समाजका व्यवस्थापन प्रमुख गजेन्द्र साहले सहायता कक्षमा यहाँ आउने सबै सेवाग्राहीको स्वास्थ्य परीक्षण हुने बताए । भारतसँग सीमा जोडिएको सर्लाहीको विभिन्न नाकामा दुवै देशको सहकार्यमा १३ वटा सहायता कक्ष स्थापना गरिएको छ । ती नाकाबाट नेपाल र भारत भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । (रासस)

प्रकाशित समय : १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु