global ime bank Long Banner Ad

गृहपृष्ठ सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्दै

सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्दै

सौराहामा ३५ करोडको लगानीमा सिटीहल बन्दै

चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । ३५ करोड २२ लाख ७० हजार रूपैयाँको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने संघीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए ।

एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङहलसमेत निर्माण हुने उनले बताए । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागमार्फत बन्न लागेको सो हलको मंगलबार पूर्वअर्थमन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटीहल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए ।

सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पु¥याउने उनले विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटीहल निर्माण सुरु गरेको हो ।

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण, उपप्रमुख विमला दुवाडी, वडा नं ७ का वडाध्यक्ष राजन भट्ट, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरेलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित समय : १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु