global ime bank Long Banner Ad

गृहपृष्ठ बहुमत नआउँदा चारवटै ‘प्रस्तावित नाम’ अस्वीकृत

बहुमत नआउँदा चारवटै ‘प्रस्तावित नाम’ अस्वीकृत

बहुमत नआउँदा चारवटै ‘प्रस्तावित नाम’ अस्वीकृत

प्रदेश २ कोे नाम चयनका लागि मंगलबार अबेर साँझसम्म भएको मतदानमा प्रस्तावित नाममा स्पष्ट दुई तिहाई बहुमत आउन सकेको छैन ।

प्रदेश २ को नामाकरणका लागि प्रदेशसभामा मंगलबार विभिन्न ४ वटा नाम प्रस्ताव भएकोमा सांसदहरुले गरेको गोप्य मतदानमा प्रस्तावित कुनै पनि नाममा दुई तिहाई बहुमत मत आउन नसकेपछि सबै प्रस्ताव अस्वीकृत भएका छन् ।

सत्तापक्ष समाजवादी पार्टी र राजपाले संयुक्त रुपमा ल्याएको प्रस्ताव ‘मधेश’ प्रदेशको पक्षमा ६० मत मात्रै परेको छ । बहुमतको लागि आवश्यक मत ७२ भए पनि ६० मत पक्ष र ४६ मत विपक्षमा परेको थियो । १ मत बदर भएको प्रदेश सभाका सचिवसमेत रहेका निर्वाचन अधिकृत रञ्जित यादवले जानकारी दिए ।

प्रदेश सभामा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेशको पक्षमा ३७ मत, नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरामा २७ मत र असन्तुष्ट सांसदहरुले प्रस्ताव गरेकामध्ये मधेश प्रदेशको पक्षमा ४२ मत खसेको थियो । प्रदेश २ मा १०७ जना सांसद रहेका छन् ।

प्रदेश २ मा सत्ता साझेदार समाजवादी पार्टीको ३० जना, राजपा नेपालको २५ जना, नेकपाका ३२ जना र नेपाली कांग्रेसको १९ जना गरी जम्मा १०७ सांसद रहेका छन् ।

सत्ता साक्षेदार दलको पक्षमा ५५ जना र विपक्षमा ५१ जना सांसद रहेकाले सत्ता साक्षेर दलले ल्याइएको पक्षमा बहुमत भए पनि दुई तिहाई मत नपरेकाले गर्दा प्रस्तावित ४ वटै नाम अस्वीकृत भएको छ ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु