global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु

माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु

माछा मार्न गएका व्यक्तिको हात्ती आक्रमणबाट मृत्यु CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

जंगली हात्तीको आक्रमणमा परी मोरङको लेटाङ नगरपालिका–९ बाह्रोठेका ४२ वर्षीय मनबहादुर लिम्बूको मृत्यु भएको छ। माछा मार्न भनेर सोमबार बिहान ८ बजेतिर घरबाट निस्किएका उनी अबेरसम्म नफर्केपछि खोजी गरिएको थियो।

त्यस क्रममा घरदेखि करिब ५ किलोमिटर दक्षिणमा सोमबार राति ९ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलको प्रकृति हेर्दा हात्तीको आक्रमणबाट लिम्बूको मृत्यु भएको यकिन भएको उनले बताए । शव घोप्टो परेको अवस्थामा भेटिएको थियो। घटनास्थल वरपर हात्ती हिँडेको डोबहरु पनि थिए।

प्रकाशित समय : १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु