global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गैँडाकोटमा भेस्पाको पहिलो शोरूम उद्घाटन

गैँडाकोटमा भेस्पाको पहिलो शोरूम उद्घाटन

गैँडाकोटमा भेस्पाको पहिलो शोरूम उद्घाटन

पूर्वी नवलपरासीको गैँडाकोटमा पहिलोपटक भेस्पा र अप्रिलिया स्कुटरको शोरूम उद्घाटन भएको छ।

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्प प्रालिले सोमबारदेखि गण्डकी प्रदेश नवलपुर जिल्लाको गैँडाकोट वडा नं ५ जनक क्याम्पस गेटअगाडि रूबी ब्रदर्स मल्टीपर्पोज प्रालिमार्फत भेस्पा र अप्रिलियाको नयाँ शोरूम सञ्चालनमा ल्याएको हो।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमित भट्टचन र उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष दीपक सापकोटाले संयुक्तरुपमा नयाँ शोरूमको उद्घाटन गरेका हुन्।

उद्घाटनको अवसरमा फागुन तथा चैत्र महिनाभरी गैँडाकोटमा शोरूम ओपेनिङ अफर सञ्चालन गरेको छ। सो अफरअन्तर्गत ग्राहक एवम् उपभोक्ताहरुले भेस्पा र अप्रिलिया स्कुटर बुक र खरिद गर्ने ग्राहकहरुले १० हजार क्यास डिस्काउन्ट प्राप्त गर्नेछन्।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु