global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ घुम्ती सेवाबाट आठ सयजना लाभान्वित

घुम्ती सेवाबाट आठ सयजना लाभान्वित

घुम्ती सेवाबाट आठ सयजना लाभान्वित

गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ ।

दुई सय पाँच किसानलाई पशुसम्बन्धी परामर्श तथा दुई सय ४७ जनालाई बीउ र मल वितरण गरिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिए । एक सय ७८ जनाको स्वास्थ्य जाँच गरिनुका साथै औँषधि समेत वितरण गरिएको उनले बताए। यस्तै १६ गर्भवतीको निःशुल्क भिडियो एक्सरे तथा ८० जनाको आयुर्वेद पद्दतीद्वारा उपचार गरिएको छ ।

शिविरमा २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुका साथै एक सय ३० जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष विष्टले बताए। पालिकाका सम्बन्धित शाखाका कर्मचारी तथा प्राविधिकले सेवा प्रदान गरेका थिए ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु